अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

शुभकामना आदानप्रदान

वालिङ, ५ अशोज ।
आउँदै गरेको विजयादशमी तथा दिपावलीको अवसरमा वालिङ बहुमुखी क्याम्पसमा शुभकामना आदानप्रदान, विद्यार्थी स्वागत एवं सम्मान कार्यक्रम क्याम्पस प्राङगणमा सम्पन्न भएको छ ।  
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख दिलिपकुमार बगालेले नेपालीहरुको महानपर्व विजयादशमी तथा दिपावलीको अवशरमा शुभकामना व्यक्त गर्दै यस्ता चाडपर्वले हामीमा अझै एकात्मक भावनाको विकास गर्ने बताउनुभयो । साथै उहाँले जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसमा आफ्नो भविष्य उज्जवल बनाउनको लागी आएका विद्यार्थीहरुलाई अध्ययनशील हुन आग्रह गर्नुभयो । 
कार्यक्रमा नगरपालिका प्रमुख दिलिपप्रताप खांण, क्याम्पस संचालक समिति सदस्यहरु उदय श्रेष्ठ, अनन्तराज गैह्रे, ले. यामबहादुर गुरुङ, हुमकान्त कोईराला, हुमबहादुर गुरुङ, क्याम्पसका व्यवस्थापन संकायप्रमुख भिमप्रसाद पंगेनी, अनेरास्ववियूका कमल रिजाल, नेविसंघका खेम चापागाँइ, छात्रा मनिसा खनाललगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
क्याम्पस प्रमुख रिना रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख तोयनाथ कोईरालाले स्वागत र क्यूएए फोकल पर्सन केवि गुरुङले सञ्चालन गर्नुभएको थियो । त्यस्तै 
नेकपा एमाले पुतलीबजार नगरपालिका ५ ले विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रमा नगर प्रमुख सिमाकुमारी क्षेत्रीले जनताको समृद्दि र पुतली बजारको बिकासको लागि आफु तल्लीन रहने बताउनुभयो । 
 
उहाँले नगर बासीको  सुख शान्ति तथा समृद्दिको कामना गर्नुभएको थियो । नेकपा एमाले प्रदेश सदस्य नारायण प्रसाद मरासिनी, सल्लाहकार रामबहादुर थापा, यतायात बिभाग सदस्य महाप्रसाद सुबेदी, नेकपा एमलो क्षेत्रिय 
अध्यक्ष बिश्व पौडेल, सचिब अनन्त कुमार श्रेष्ठ, युवा संघ केन्द्रिय सदस्य भरत गोदार, नगर संगठन कमिटि संयोजक तारा शर्मा, सह संयोजक खड्कराज सुबेदी, अमरनाथ शर्मा, जिल्ला बैकल्पिक सदस्य टेकबहादुर भुजेल, क्षेत्रिय सचिवालय
सदस्य लोकनाथ रेग्मी, डिलमायाँ पौडेल, नेपाली काग्रेस अध्यक्ष प्रेम केसी, केशब कार्की लगायतले मन्तब्य राख्नु भएको थियो । 
 
वडा अध्यक्ष कृष्णबिक्रम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन होतबहादुर नेपालीले गर्नुभएको थियो । यसैबीच उता
गल्याङ ६ स्थित नरोदय माध्यमिक विद्यालय पिडिखोलामा दशैँ विशेष तथा शुभकामना आदानप्रदान कार्यक्रम हिजो सम्पन्न भएको छ ।
कार्यक्रममा नरोदय माविका स्रोतव्यक्ति हिमलाल पाण्डेले दशैँ विदामा पनि विद्यार्थीहरु आफ्नो अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउदै दशैँ पर्वमा हुने फजुल खर्चलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामकान्त शर्माले कुनै दशैँ पर्वमा कुनै तडकभडक नगरि समान्य तरिकाले मनाउनुपर्ने बताउदै विजयादशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक प्रेम शर्मा पौड्ेलको स्वागतबाट सुरु भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामकान्त शर्माको सभापतित्वमा  र सञ्चालन  शिक्षक बिनुप्रसाद पराजुलीले गर्नुभएको पिडिखोलाबाट शिक्षक यमलाल पाण्डेले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...