अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

३ दिने उद्घोषण तालिम

वालिङ, ५ अशोज ।
३ दिने उद्घोषण तालिम बुधबारदेखि चापाकोट नगरपालिका ७ साँखर स्याङ्जामा सुरु भएको छ । तालिम  नेपाल विद्यार्थी संघ क्षेत्र नं. ३ स्याङ्जाको आयोजनामा सुरु भएको हो । राधादामोदर माध्यमिक विद्यालय साँखरमा सञ्चालन भएको तालिमको आज एक कार्यक्रमका विच समुदघाटन गरिएको छ । 
 
कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व केन्दिय सदस्य एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराईले देशमा भएका विभिन्न परिवर्तनहरुमा विद्यार्थीहरुको महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउँदै, अब विद्यार्थीहरुले सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षा हासिल गरेर समाजलाई सहि दिशामा हिडाउनु आवश्यक रहेको बताउनुभयो । 
 
कार्यक्रममा नेपाली कांँग्रेसका क्षेत्रिय प्रतिनिधि हेमन्त गैरे, नेपाल तरुण दल चापाकोटका सचिव विश्वप्रकाश भट्टराई, तरुण नेता भेषराज अर्याल, नेपाल विद्यार्थी संघ क्षेत्र नं. ३ का उपसभापति गोपीकृष्ण रेग्मीले बोल्दै तालिम सफलताको शुभकामना दिनुभएको थियो । 
 
तालिममा ६० जनाको सहभागिता रहेको छ  । नेविसंघ नगर सदस्य रमेश पोखरेलको स्वागतबाट सुरु भएको कार्यक्रम राधा दामोदर माविका इकाई सभापति दया गौतामको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्षेत्रिय सदस्य भुवन भण्डारीले सञ्चालन गर्नुभएको थियो 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...