अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

ईकाइ समिति विस्तारलाई तिव्रता

ईकाइ समिति विस्तारलाई तिव्रता
वालिङ, ५ अशोज ।
नेपाल विद्यार्थी संघ क्षेत्र नं. २ ले आफ्नो ईकाइ समिति विस्तारलाई तिव्रता दिएको छ । यसैक्रममा बुधबार वालिङ १३ का सरस्वति मावि खाँनीडांडा र लक्ष्मी मावि बोधिभञ्याङमा आफ्नो ईकाइ समिति विस्तार गरेको छ । 
सरस्वति मावि खाँनीडांडामा घनश्याम पाठकको सभापतित्वमा २३ सदस्यीय ईकाइ समिति वितार गरिएको छ । समितिको उपसभपातिमा अमित रिजाल, सचिवमा कविता पाठक, सहसचिवमा सपना डुम्रे, कोषाध्यक्षमा नरेश पाठक र सहकोषाध्यक्षमा पुष्पा विक रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । 
त्यस्तै उता बोधिभञ्याङको ईकाइ समितिको सभापतिमा नविन भुसाल, उससभापतिमा लक्ष्मी गैह्रे, सचिवमा अमृत गैह्रे, सहसचिवमा सिमा सारु, कोषाध्यक्षमा सुष्मा विक, सहकोषाध्यक्षमा पुनम खराल सहित अन्य सदस्य रहेको ३३ सदस्यीय समिति गठन गरेको हो । 
कार्यक्रममा बोल्दै नेविसंघका जिल्ला उपसभपाति अर्जुन अर्याल, कोषाध्यक्ष धु्रव पंगेनी, क्षेत्रिय सभापति विश्वास लम्साल, जिल्ला सदस्य कमल कुँवर, दिक्षान्त खांण, खेम चापागाँई दिप गुरुङ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...