अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

वडा सचिवलाई विदाई

वालिङ, ५ अशोज ।
वालिङ नगरपालिका वडा नं. १२ का सचिव विष्णुप्रसाद पोख्रेललाई हिजो एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ । 
१ दशक लामो समय साविक सिर्सीकोट गाविसका सचिव तथा हाल १२ का वडा सचिव पोख्रेललाई विदाई गरिएको हो । विदाई कार्यक्रममा बोल्दै पोख्रेलले जनप्रतिनिधि नभएको अवस्थामा पनि यहाँका स्थानीयको साथ र सहयोगले विकास निर्माणका कार्यमा केहि सफलता मिलेको बताउनुभयो । लामो समय यहाँका स्थानीयसंग गहिरो सम्बन्ध रहेको भन्दै जहाँ भएपनि यहाँको विकास निर्माणका सवालमा सहयोग गर्न हरवखत तयार रहने बताउनुभयो । 
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रनबहादुर गुरुङ, कागे्रसका वडा सभापति श्याम गुरुङ, माओवादी केन्द्रका मित्रबहादुर गुरुङ, घुरुङखा माविका शिक्षक लोकराज खनाल, सिर्सेकोट उपस्वास्थ्य चौकी ईन्र्चाज बृहस्पति पचभैया, प्रअ गौमती गुरुङ, कृषि संजालका अध्यक्ष कमला न्यौपाने सिर्सीकोट महिला बचत तथा ऋण सहकारीका अध्यक्ष केशरा डुम्रेलगायतले पोख्रेलको लामो समयको कार्यकाल निकै सफल भएको बताउनुभयो । 
वडा अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाविस सहयाक सिता गुरुङले गर्नुभएको पत्रकार हिमलाल पराजुलीले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...