अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

अबको शिक्षा जिवन उपयोगी हुनुपर्छ ः मन्त्री श्रेष्ठ

वालिङ, ६ अशोज ।
नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपाल मान श्रेष्ठले अबको शिक्षा जिवन उपयोगी हुनुपर्ने बताएका छन् । पहिलाको शिक्षाले धेरै युवायुवतीहरु बेरोजगार भएको स्मरण गर्दै अबको शिक्षा जिवन उपयोगी हुनुपर्ने बताएका हुन । 
 
शिब प्रसाद पोखरेल प्रतिष्ठानद्धारा संचालित बिशेष शिक्षा पुरस्कार बितरण कार्यक्रममा श्रेष्ठले सरकारले सय दिनमै ठुलो चुनौती पुरा गरको बताए । उनले संसदमा सम्सोधन प्रस्तुत गर्दा २५ र ७५ मा सम्सोधन भएको जानकारी दिए । उनले सक्षम व्यक्ति पास हुने, नया आगन्तुकहरु आउने राम्रो काम हुने बताए । 
 
नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले राजनितक परिवर्तनमा शिव पोख्रेलको पनि योगदान रहेको बताए । पोख्रेलले ठुलो योगदान शिक्षामा गरेको स्मरण गर्दै पोख्रेल शिक्षा प्रेमी रहेको श्रेष्ठले बताए । 
 
कार्यक्रममा सांसद कमल पंगेनी र राजु थापाले विना कारण शिव पोख्रेलको हत्या भएको बताए । उनीहरुले पोख्रेलको स्मृतीमा पुरस्कार स्थापना गरेर राम्रो काम गरेको बताउदै पोख्रेल लोकतन्त्रबादी नेता भएको बताए । 
 
कार्यक्रममा एसइईमा सामुदायिक बिद्यालयका परिक्षार्थीबाट उत्कृष्ठ कालिका माबि झापाकोटका छात्र निशान जिटी, सार्वजनिक माबिका छात्रा आकृति न्यौपानेलाई प्रोत्साहन स्वरुप जनही १५ हजार, सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । 
 
त्यस्तै प्रतिष्ठानले सामुदायिक बिद्यालयबाट उत्कृष्ठ कोल्मा बराहचौर शिक्षक सोम बहादुर राना र कोल्मा बराहचौर माबिका बिद्यालय सहयोगी हर्कबहादुर थापालाई प्रोत्साहन स्वरुप जनही ५ हजार ५ सय, सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको हो ।
 
बि.स. २००२ पौष १४ गते स्याङ्जाको कोल्मा जन्मनु भएका पोख्रेलको अध्यपन गर्ने कोल्मा बराहचौरको काम सकेर सदरमुकामबाट फकर्ने क्रममा २०५२ आश्बिन ९ गते घटस्थापनाको दिनमा हत्या भएको थियो । 
 
प्रतिष्ठानले स्मृति दिवसको अवसरमा हरेक बर्ष एसईईमा उत्कुष्ठ सामुदायिक बिद्यालका एक÷एक जना छात्र÷छात्रा र एक जना शिक्षकलाई सम्मान गर्दै आएको प्रष्ठिानका अध्यक्ष एवं संचारकर्मी अनिता बिन्दुले जानाकारी दिइन । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...