अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

शैक्षिक तथा धार्मिक महोत्सव शुरु

वालिङ, ६ अशोज ।
स्याङ्जाको भीरकोट नगरपालिका ७ बलमाटास्थित कालिका बहुमुखी क्याम्पसमा बिहीबारबाट शैक्षिक तथा धार्मिक महोत्सव शुरु भएको छ । 
 
विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यले बलमाटा जाऔँ धार्मिक महोत्सवमा रमाऔं भन्ने मुल नाराका साथ भीरकोट कालिका शैक्षिक तथा धार्मिक महोत्सव २०७४ एवं श्रीमत भागवत धनधान्याञ्चल महायज्ञको आयोजना गरिएको हो । 
 
धार्मिक महोत्सवको उद्घाटन गर्दै सांसद कमलप्रसाद पंगेनीले हाम्रो सभ्यता गीता, गंगा र गायत्रीको सभ्यता भएकाले सभ्यताको बैज्ञानिक पक्षमा अनुशरण गर्दै समाजलाई धार्मिक तथा नैतिक बाटोमा डो¥याउन यस्ता महायज्ञले निकै ठुलो भुमिका निर्वाह गर्ने बताउनुभयो ।
 
साथै उहाँले सामाजिक परिचालनको माध्यमबाट महायज्ञलाई सफल बनाई यस कालिका बहुमुखी क्याम्पसलाई प्राविधिक महाविद्यालय निर्माण गर्न सबैले संकल्प गर्नुपर्ने भन्दै विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा विकास गर्न हरप्रयास गर्ने बताउनुभयो । 
 
कार्यक्रममा भीरकोट नगरपालिकाका मेयर छायाराम खनाल, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दिर्घनारायण अर्याल, जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य, कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेललगायतले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालानार्थ गरिएको धार्मिक मेलाको सफलताको कामना गर्नुभएको छ । 
 
बिहीबारबाट शुरु भएको धार्मिक महोत्सवमा प्रमुख कथावाचन गोविन्दशरण महाराजजी र पुज्यदिदी मिरादेविले सहप्रवचन गर्नुहुनेछ । महायज्ञ मुल समारोहका निर्देशक फणिनारायण अर्यालको स्वागतसँंगै शुरु भएको कार्यक्रम संयोजक प्रेमनारायण अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन कृष्ण लामिछानेले गर्नुभएको थियो ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...