अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

जेष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लिनिक

वालिङ, ६ अशोज ।
 
आँधीखोला गाउँपालिकाले जेष्ठ नागरिक गाउँघर स्वाथ्य क्लिनिक कार्यक्रम बिहीबारबाट सुरु गरेको छ । गाउँपालिकाले पाइलट कार्यक्रम  अन्र्तगत वडा ६ का बृद्धबृद्धाहरुलाई घर घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले कार्यक्रम गरेको हो । 
 
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सिता सुन्दासले बृद्धाहरुको सेवा गर्नु सबैको दायित्व रहेको बताउनुभयो । उहाँले मान्यजनको आशिर्बाद थाप्ने बेलामा मान्यजनलाई सेवा गर्ने काम गरेकोमा धन्यबाद दिनुभयो । 
 
कार्यक्रममा गाउँपालिका अध्यक्ष सुधीर पौडेलले धेरै ठुलो योजना बनाउँदा असफल हुने भएकाले पहिलो चरणमा एउटा मात्र वार्डमा काम थालेको बताउनुभयो । उहाँले मुख्य गरेर औषधी उपचार गर्न जान नसक्ने ६० वर्षभन्दा जेष्ठ नागरिकलाई सेवा प्रदान गरिने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष शर्मिला पौडेल, सेतिदोभान स्वास्थ्य कार्यालय प्रमुख डाक्टर मदन ज्ञवाली लगायतले मन्तब्य राख्नुभएको थियो । 
 
हरेक महिनामा यहाँ रहेका २ सय १९ जेष्ठ नागरिकको घर घरमा पुगेर सेवा प्रदान गरिने छ । वडा अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिकाका कार्यकारी अधिकृत सुकदेब लम्सालले गर्नुभएको थियो ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...