अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

जनप्रतिनिधिलाई अभिमूखिकरण

वालिङ, ६ अशोज ।
सूर्योदय क्लव स्याङ्जाले उद्योग विकास शाखा पुतलीबजार र उद्यम विकास कार्यक्रम पोखराको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालित गरिवी निवारणका लागि लघु उद्यम विकास मोडेलको स्थानीय तहका जनप्रतिनिधिलाई अभिमूखिकरण कार्यक्रम गल्याङ नगरपालिकामा सम्पन्न गरेको छ । 
 
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले स्थानीय तहमा अति आवश्यक मोडलको लघु उद्यम विकास कार्यक्रम गल्याङ नगरपालिकामा सञ्चालनका लागि पहल गर्ने बताउनुभयो । 
 
कार्यक्रममा उद्योग विकास शाखाका प्रमुख शिवशंकर बानिया र क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले लघु उद्यम विकास मोडेलबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रमेश गोदारले गर्नुभएको थियो ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...