अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

अब राष्ट्रिय एकताकासाथ अघि बढ्नुपर्छ ः उपप्रधानमन्त्री श्रेष्ठ

news

वालिङ, ७ अशोज
नेपाल सरकारका उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले अब राष्ट्रिय एकताकासाथ अघि बढ्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका भवनको उद्घाटन एवं स्मार्ट वालिङ पिङ्क कलरको शुभारम्भ गर्दै उपप्रधानमन्त्री श्रेष्ठले संविधानको कार्यान्वयनसँगै सबै दल एक ठाउँमा उभिएर देशको विकासकालागि राष्ट्रिय एकताको नारा दिई मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
 
“मंसिर १० र २१ मा प्रदेश र संघको निर्वाचन भएपछि संविधान पूर्ण कार्यान्वयन हुनेछ” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “संविधानको पूर्ण कार्यान्वयनपछि देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउनुपर्छ त्यसैले अव हुने निर्वाचनको तयारीमा लाग्न पनि सबैलाई आग्रह गर्नुभयो ।”
 
दलहरुको लामो प्रयासपछि जारी गरिएको संविधानमा सबैको अपनत्व हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले मधेसमा क्रियाशिल रहेका दलहरुले पनि संविधानमा आफ्नो अपनत्व महशुष गरी निर्वाचनमा भाग लिनु सकारात्मक रहेको बताउनुभयो ।
“निर्वाचनका बेला राजनीतिक दलहरु भिन्ना भिन्नै भएपनि राष्ट्रिय एकता र विकासकालागि एकै ठाउँमा उभिनु आवश्यक छ” काँग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले भन्नुभयो, “अब आर्थिक, कृषि र औद्योगिक क्रान्ति गर्नुपर्छ, हडताल हुदैन भनेर घोषणासमेत गर्नुपर्छ ।” 
 
शिक्षामन्त्रीसमेत रहनुभएका नेता श्रेष्ठले युवाहरुलाई जीवन उपयोगी शिक्षा दिई कर्मयोगी बनाउनकालागि ब्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । 
। 
 
स्याङ्जालाई नमूना जिल्लाको रुपमा अगाडि बढाउन आँफू प्रयत्नरत रहेको बताउँदै नेता श्रेष्ठले यो अभियानको थालनी जिल्लाकै ठुलो र स्मार्ट नगरपालिका वालिङबाट शुरु गर्ने बताउनुभयो ।
 
शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा उपप्रधान एवं शिक्षामन्त्री भएपछि पहिलो पटक गृहजिल्ला स्याङ्जा आउनुभएका नेता श्रेष्ठले स्याङ्जाबासीको गौरबकोरुपमा रहेको आँधीखोला हाईड्याम्प जलविद्युत आयोजनालाई ब्यवस्थित गरी पूरा गर्न लागिपर्ने बताउनुभयो । 
कार्यक्रममा व्यवस्थापिका संसदयद्वय कमलप्रसाद पंगेनी, राजु थापा, प्रमुख जिल्ला अधिकारी महेश आचार्य, नेकपा एमालेका पार्टी प्रतिनिधि दानबहादुर गुरुङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश न्यौपाने, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, वडा अध्यक्षहरुकोतर्फबाट वडा नं. १० का वडाध्यक्ष अनन्तराज गैह्रेलगायतले समग्र स्याङजाको विकासको लागी राजनीतिको घेराभन्दा माथि उठ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भवन निर्माणको लागी जग्गा उपलब्ध गराउनुहुने जग्गादाताहरु, राष्ट्रिय स्तरको लिस्नु फुटबल प्रतियागितामा वालिङ नगरपालिकाको प्रतिनिधित्व गरी प्रथम स्थान प्राप्त गर्न सफल समूह, नगर पालिकाका पूर्व कार्यकारी अधिकृतद्वय मुक्तिराम आचार्य र सुरथ पोख्रेल, वर्तमान कार्यकारी अधिकृत भिमकान्त पौडेल, भवन निर्माणका जेएन ईश्वर भण्डार कन्ट्रक्सन र उदय कन्सल्टेन्सीका प्रमुखहरुलाई समेत सम्मान गरिएको थियो । 
त्यस्तै कार्यक्रममा नगरपालिकाले आफ्ना गतिविधि समेटिएको स्मार्ट वालिङ पुस्तकको पनि उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठले विमोचन गर्नुभएको थियोे भने दलित उत्थानको स्याङ्जा दलित दर्पण स्मारिका समेत विमोचन गरिएको थियो । 
नगर कार्यपालिका प्रमुख दिलीपप्रताप खांँणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख कल्पना तिवारी र सञ्चालन कार्यपालिका सदस्य रेखा थापा र नगरपालिकाका नायवसुब्बा पदमप्रसाद पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...