अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

व्यवसायीक खेती प्रणली अपनाउनु पर्ने ः एमाले केन्द्रीय सदस्य अर्याल

वालिङ, ७ अशोज
परम्परागत खेती को अन्त्य गरी आधुनिक र व्यवसायीक खेती प्रणली अपनाउनु पर्ने नेकपा एमाले केन्द्रीय सदस्य पदमा अर्यालले बताउनुभएको छ । शुक्रबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ स्थित तुलसी भञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्यालले कृषकहरुका लागि राज्यले कृषिको आधुनिकिकरण गरेर आत्म निर्भर बनाउने अभियानमा ठूलो धनराशी खचिएको कुरा बताउनु भएके थियो ।
कार्यक्रममा साना किसान विकास वैंक इलाका प्रबन्धक विशाल कुमार तुलाधर,नेकपा एमाले लेखा आयोग सदस्य ढाकाराम अर्याल, नेकपा एमाले प्रदेश नं ४का निर्वाचन संयोजक पुण्यप्रसाद भूषाल, उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पुण्यप्रसाद अर्याल, कृषि विकास वैंक शाखा कार्यालय गल्याङका प्रबन्धक मधुकर काफ्ले, गल्याङ नगरपालिका वडा नं २ का वडाअध्यक्ष ईव कमचार्य, केवरे साना किसान कृषि सहकारी संस्था लिमिटेडका सचिव कोपिलमणी खनाल, महिला जनजागरण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सावित्रा कंडेल, हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्य प्रसाद डुम्रे, लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रमा संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारीले १२ करोड बरावरको आयव्यर्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उद्यमी अपाङ्ग मोहन भण्डारी र उत्कृष्ण बचतकर्ता चन्द्रकान्त अधिकारीलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष भूपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष छमिसरा थापा मगरले र कार्यक्रमको सञ्चालन संस्थाका सचिव दलबाहादुर सिंजालीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...