अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

३ दिने उद्घोषण तालिम

वालिङ, ७ अशोज
३ दिने उद्घोषण तालिम चापाकोट नगरपालिका ७ साँखर स्याङ्जामा सम्पन्न  भएको छ । नेपाल विद्यार्थी संघ क्षेत्र नं. ३ स्याङ्जाको आयोजनामा गत बुधबार बाट सुरु भएको तालिम आज समापन भएको हो । 
कार्यक्रममा चापाकोट नगरपालिका वडा समिति वडा नं. ६ का वडा अध्यक्ष एक देव भट्टराईले सिकेका सिपलाई व्यवहारमा लागु गर्दै नेतृत्व क्षमताको विकास गर्न आग्रह गर्नुभयो । 
कार्यक्रममा नेपाली कांग्रेस चापाकोट नगर कार्य समितिका उपसभापति ज्ञानेश्वर बस्ताकोटी, प्रमुख प्रशिक्षक विश्व प्रकाश भट्टराई, नेपाल विद्यार्थी संघ क्षेत्र नं. ३ का उपसभापति गोपिकृष्ण रेग्मी, चापाकोट क्याम्पसका स्ववियु सभापति सविन चन्द्र डोटेल, राधादामोदर विद्यापिठका स्ववियु सभापति सुदिप पाठक, चापाकोट क्याम्पस स्ववियु सदस्य सुभाष पाठक, सहभागीको तर्फ बाट निकिता पाठक, र कृति अधिकारीले आफ्नो भनाई राख्नु भएको थियो । 
विभिन्न स्थानका ६० जनाको सहभागीता रहेको तालिममा विभिन्न संञ्चार माध्यममा कार्यरत पत्रकार तथा संञ्चारकर्मीहरुले सहजीकरण गरेका थिए । 
नगर सदस्य रमेश पोखरेलको स्वागतबाट सुरु भएको कार्यक्रम इकाई सभापति दया गौतामको अध्यक्षतामा सम्पन्न भएको थियो भने संञ्चालन नेपाल विद्यार्थी संघका क्षेत्रिय सदस्य भुवन भण्डारीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...