अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

शोक सभा

वालिङ, ७ अशोज
नेपाली काग्रेस पुतलिबजार नगरपालिका ४ का सहसभापती राजेन्द्र सुबेदीको ४५
दिनको पुण्य तिथीमा हिजो शोकसभा गरेको छ । शोकसभामा सभाषद कमल प्रसाद पंगेनीले सुेबेदीको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभयो ।
सुबेदीको कामको प्रशंसका गर्दै पंगेनीले उनको लिएको बाटोलाई सबैले
अबलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सांसद राजु थापा, जिल्ला
सचिब कुमार राना, महासमिति सदस्य देबी अर्याल, हिरादेबी शर्मा, जिल्ला समिति
सदस्य गुमानसिहँ थापा, वडा अध्यक्ष ओमबहादुर खड्का, एमालेका प्रतिनिधी
कृष्णप्रसाद पोख्रेल, माओबादी केन्द्रका हिमलाल गौतम, नेपाली काग्रेसका
सहसभापती कुलबहादुर थापा, नेपाली काग्रेस नेता त्रिभुवन शर्मा, दाजु नारायणप्रसाद सुबेदी, सारदा सुबेदी, काका खगेन्द्र सुबेदी लगायतले मन्तब्य राख्नु
भएको थियो । 
वडा सभापती लालबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको
संचालन क्षेत्रिय प्रतिनिधी मित्रबन्धु पोख्रेलले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...