अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री श्रेष्ठलाई स्वागत

वालिङ, ८ अशोज ।
नेपाली कांँग्रेस स्याङ्जाले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई अभिनन्दन एवं स्वागत गरेको छ । नेपाली काँंग्रेस पार्टी कार्यालयमा आयोजित विजयादशमी शुभकामना आदानप्रदान तथा स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।
 
स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै लोकतान्त्रिक पद्धतिमा लामो इतिहास कायम राखेको नेपाली कांँग्रेसलाई प्रदेश र संघमा निर्वाचित गराउन सवै कार्यकर्तालाई एक हुन आग्रह गर्नुभएको थियो ।
 
कार्यक्रममा सांसद राजु थापा, पूर्व सांसद खगेन्द्रराज रेग्मी, वालिङ नगर उपप्रमुख कल्पना तिवारी लगायतले स्वागत एवं सम्मान गर्दै बिजयादशमीको शुभकामना ब्यक्त गर्नुभएको थियो । जिल्ला सभापति एवं सांसद कमलप्रसाद पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुमार रानाले गर्नुभएको थियो । त्यस्तै
उद्योग वाणिज्य संघ स्याङ्जाले शनिबार उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई स्वागत एवं अभिनन्दन गरेको छ । अभिनन्दन गदै स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदीले समग्र स्याङ्जाको विकास र सम्बृद्धिका लागि ८ बँुदे विकासे योजना माग सहित ज्ञापनपत्र बुझाउनुभएको छ ।
 
स्याङ्जा र वालिङ्मा आंगिक क्याम्पस, छोरेपाटन गुणीखोला सुरुङमार्ग, सतौचण्डीस्थान केवलकार, स्याङ्जा सदरमुकामलाई सिटी मार्ग, स्याङ्जा सदरमुकममा आन्तरिक राजश्व र सडक डिभिजन कार्यालय स्थापनका लागि पहल गर्नुपर्ने लगायतका माग गरिएको छ ।
 
अभिनन्दनपछि सम्बोधन गर्दै उपप्रधान एवं शिक्षामन्त्री श्रेष्ठले स्याङ्जाको विकासका लागि आँफु प्रतिवद्ध रहेको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष निर्मला लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव विक्रान्त श्रेष्ठले धन्यवाद एवं महासचिव हिक्मत श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।
 
सोही अवसरमा पुतलीबजार नगरपालिका वडा नं. ३ का अध्यक्ष अमृत श्रेष्ठले अनुरोधपत्र एवं देवा दे दबु स्याङ्जाकाका अध्यक्ष गोवर्धन श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...