अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

पित्लेक कृषि पर्यटन तथा दशैं मेला

वालिङ, ८ अशोज ।
 
स्याङ्जाको वालिङ ५ पित्लेकमा आगामी सोमबारबाट पित्लेक कृषि पर्यटन तथा दशैं मेला हुने भएको छ । तमु कालिका आमा समूह र पित्लेक देउराली होमस्टेको आयोजनामा असोज ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
 
कृषि र पर्यटन हाम्रो पहिचान भन्ने नारासाथ शुरु हुन लागेको पित्लेक कृषि तथा दशैं मेलामा खुल्ला गाउँस्तरीय भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, कृषि उत्पादन तथा फर्महरुको प्रत्यक्ष अवलोकनको ब्यवस्था, स्थानीय परिकार र लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक प्रस्तुति तथा होमस्टे, प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति महोत्सव तथा दशैं मेलाका मुख्य आकर्षण रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका मुल संयोजक भुपेन गुरुङले जानकारी दिनुभयो ।
 
मेलामा लोपोन्मुख अवस्थामा रहेका घाँटु, सोरठी, झोराजस्ता संस्कृतिहरुको जगेर्ना गर्नुकासाथै स्थानीय स्वादका परिकारहरु, यस क्षेत्रमा उत्पादित गोलभेँडा, माहुरी, पशुपालनलाई विशेष महत्व दिईने आयोजकले जनाएको छ ।
 
चार दिनसम्म सञ्चालन हुने महोत्सवमा ५ लाख आम्दानी र ४ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । मेला आयोजक समितिका मूल संयोजक भुपेन गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन मेला आयोजक समितिका प्रचार प्रसार उपसमितिका संयोजक तिलक गुरुङले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...