अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

बहिरा संघ स्याङ्जाको १२ औं साधारणसभा

वालिङ, ८ अशोज ।
बहिरा संघ स्याङ्जाको १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै पुतलीबजार नगरपालिका प्रमुख सीमा क्षेत्रीले बहिरा हकहित र अधिकारका लागि आँफु प्रतिवद्ध रहेको बताउनुभयो ।
 
कार्यक्रममा वहिरा सहासंघका केन्द्रिय सदस्य जमानसिंह गुरुङ, स्याङ्जा अपांग समाजका अध्यक्ष युवराज पराजुली, पुतलीबजार वडा नं. १ का सदस्य कुलानन्द लम्साल, वहिरा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिरामोती शाही लगायतले बहिराहरुले भोग्नुपरेको समस्याका बारेमा जानकारी गराउदै आ आफना क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
 
बहिरा संघ स्याङ्जाका अध्यक्ष कुलप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार अर्जुन श्रेष्ठले स्वागत एवं सरिता थापाले सञ्चालन गर्नुभएको थियो । यसैबीच
 
सोही साधारणसभामा सवै प्रकृतिका अपांगता भएका ब्यक्तिहरुको उत्थान, शसक्तिकरण तथा सर्वाङ्गिण विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै स्याङ्जा अपांग समाजका अध्यक्ष युवराज पराजुलीलाई सम्मान गरिएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...