अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

एमाले वडा कमिटिद्धारा शुभकामना आदानप्रदान

वालिङ, ९ अशोज ।
नेकपा एमाले वालिङ नगरपालिका वडा नं. ११ वडा कमिटिले आउँदै गरेको विजया दशमी, दिपावली तथा छठको अवशरमा शुभकामना आदानप्रदान गरेको छ । 
कार्यक्रममा बोल्दै युवा तथा खेलकुद विभागका केन्द्रिय सदस्य मोहन रेग्मीले नेपालीहरुको परम्परागत यस्ता चाडपर्वहरुलाई हामीनेपालीहरुलाई एकसुत्रमा बाँध्ने काम गरेको भन्दै चाडपर्वको संरक्षण तथा संर्वद्धन गर्दै मनाउनुपर्ने बताउनभुयो । साथै उहाँले नेकपा एमाले पार्टी बालबालिकादेखि बृद्धबृद्धासम्ममा प्रिय रहेकाले आउँदै गरेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा एमालेको पक्षमा जनमत रहने बताउनुभयो । 
कार्यक्रममा एमालेका जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ, पुर्व क्षेत्रिय कमिटि अध्यक्ष कृष्ण खांण, पुर्व क्षेत्रिय कमिटि सदस्य पुन्य अर्याल, अखिल नेपाल किसान महासंघका जिल्ला सदस्य यज्ञ पाठक, एमालेका पुर्व क्षेत्रिय सदस्य यामलाल शर्मा, नगर संगठन कमिटि सदस्य यामकान्त खनाल, संगठित सदस्य श्यामप्रसाद ढुङगाना, नगर सदस्य डिलबहादुर सेन, अखिल नेपाल किसान महासंघका क्षेत्रिय अध्यक्ष रुद्रबहादुर मल्ल, क्षेत्रिय सदस्य भेषराज अर्याललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 
वडा सहसंयोजक झपटबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर संगठन सदस्य दिपक विकले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...