अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

जनप्रिय निमाविमा पुस्तकालयको स्थापना

वालिङ, १८ अशोज ।
स्याङजाको वालिङ १२ धनमुँडास्थित जनप्रिय निम्न माध्यमिक विद्यालयमा पुस्तकालयको स्थापना गरिएको छ । सोही विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा रहेका विद्यार्थीहरुको संस्था भुपूविद्यार्थी मञ्चले विद्यालयका बालबालिकाहरुलाई अध्ययनमा थप सहज होस भन्ने हेतूले पुस्तकालयको स्थापना गरेका हुन् । 
 
पुस्तकालयको उद्दघाटन गर्दै विद्यालयका प्रअ विनोद गौडेलले भुपूविद्यार्थीहरुको कार्य निकै स्रहानीय रहेको भन्दै पुस्ताकालयलाई व्यवस्थीत रुपले अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनुप्रसाद भण्डारी, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षद्धोय टिकाराम पराजुली र डोलराज पराजुली, शिक्षक युगनारायण पराजुली, जनकल्याण निमाविका शिक्षक एकनारायण गैह्रे, ईन्सेकका जिल्ला प्रतिनिधि हिमलाल पराजुली, पण्डित नेत्रप्रसाद पराजुलीलगायतले मन्तव्य राख्नुभएको थियो । 
 
पुस्तकालयमा हाल विभिन्न प्रकारका ७ सय २३ पुस्तक  रहेको र आगामी दिनहरुमा यसलाई अझै विस्तार गर्दै ईलाईव्रेरीको रुपमा विकास गर्ने मंचको लक्ष्य रहेको छ । मंचका अध्यक्ष विनुप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भोजराज भण्डारीले स्वागत र सञ्चालन सचिव नेत्रप्रसाद गैह्रेले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...