अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

एमाले भिरकोट नगरपालिका ५ को वडा भेला

वालिङ, १८ अशोज ।
नेकपा एमाले भिरकोट नगरपालिका ५ को वडा भेला तिलहारनेटामा सम्पन्न भएको छ । भेलामा बोल्दै एमालेका क्षेत्रिय सदस्य विश्वनाथ अर्यालले मंसिर १० र २१ मा हुँने प्रतिनिधि सभा र प्रादेशिक सभा निर्वाचनमा एमालेको पक्षमा जनमत हुँने भन्दै एमालेप्रतिको विश्वास अझै पनि जनतासामु ताजा रहेको बताउनुभयो । 
 
कार्यक्रममा साविक स्वरेक गाविस गाउँकमिटि अध्यक्ष कृष्णबहादुर खांण, लक्ष्मण केसी, कुलबहादुर खांणलगायतले मन्तव्य राख्नुभएको थियो । अखिल नेपाल किसान महासंघका क्षेत्रिय अध्यक्ष रुद्रबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्णबहादुर सिंहले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...