अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

अवकाशप्राप्त शिक्षक स्वास्थ्यको लागी मौरीपालन व्यवसायमा

वालिङ, १८ अशोज ।
स्याङ्जाको एक शिक्षकले अवकास पछि मौरी पालनमै रमाउनुभएको छ । जिल्लाको वालिङ नगरपालिका ११ डौँवाका श्याम अर्याल लामो समय शिक्षण पेशाको अवकाशपछि व्यवसायिक मौरी पालन व्यवसायमा सक्रिय हुनुभएको हो । उमेरका ६५ वर्ष नाघेका उहाँको घरको बारदली, आँगनका डिल वरीपरी सेरेना जातको मौरीका घारहरु देखिन्छन् । स्वास्थ्यको हिसावले मौरी अति उत्तम रहेकाले यो क्षेत्रमा लागे अर्याल भन्नुहुन्छ । उहाँले भन्नुभयो, “मह खाए, लाए र टोकाएपनि स्वस्थ्यको लागी निकै फाईदा”
नेपाल मौरीपालक महांसघ जिल्ला कार्य समिति स्याङजाका अध्यक्ष समेत रहनुभएका अर्यालले स्वास्थ्यको दृष्टिले निकै फाईदा हुने भएकाले यसप्रति आफ्नो आर्कषण बढेको बताउनुभयो । एउटा घारबाट मौरीपालन शुरु गरेका अर्यालको अहिले ४० घार रहेका छन् । आँफू कृषि क्षेत्रकै विद्यार्थी भएकाले उहाँले करिव ८ वर्षअगाडिदेखि व्यवसायिक मौरीपालनमा लाग्नुभएको हो ।  उहाँको घरवरीवरी विभिन्न प्रजातिका फुलका बगैँचा पनि देखिन्छन् । फुलहरु मौरीको लागी रोपिएको उहाँले बताउनुभयो । अर्यालले भन्नुभयो, “मौरी पालनको लागी धेरै जग्गा लिजमा लिन पनि नपर्ने, धेरै मेहेनत र लगानि पनि नपर्ने” । 
अर्यालले ०७२ सालमा आँधीखोला मौरीपालन उद्योग तथा तालिम केन्द्रको रुपमा आफ्नो व्यवसाय दर्ता गराउनुभएको थियो । अर्यालले मैेरी पालन सम्बन्धी ग्रुपमा तालिम समेत दिने गर्नुभएको छ भने यहाँबाट मह, मौरीका घार, मौरीसहितको घार, मौरीका चाका, मह काट्नको लागी आवश्यक टोपी, पञ्जा, पोसाकको समेत विक्रिवितरण गदै आउनुभएको छ । 
अर्यालले वार्षिक १ क्वीन्टल मह उत्पादन गर्नुहुन्छ भने उहाँलार्ई बजारको लागी कुनै समस्या नभएको समेत उहाँ बताउनुहुन्छ । उहा्ँको घरबाटै वार्षिक १ क्वीन्टल मह विक्रि हुँदै आएको छ । महप्रतिकिलो हजार रुपैँयामा विक्रि हुँदै आएको छ । युरिक एसिडका विरामी समेत रहेका अर्यालले मौरीले टोकाउँदा यूरिक एसिड कमी हुने समेत आफ्नो अनुभव सुनाउनुहुन्छ । जिआईजेडका अनुसार मौरीले ३ सय रोगको निधान गर्छ ।  
मौरीलाई राम्ररी व्यवस्थापन गर्न सकियो भने यसबाछ मनग्य आर्थिक उर्पाजन गर्न सकिने उहाँको अनुभव रहेको छ । मौरी विषश गरी जाडो र गर्मी सिजनमा फरक फरक समयको अवधिमा हर्ने गर्नुपर्छ । जाडोको  समयमा १५ देखि २० दिनको अवधिमा गर्मीमा ७ देखि १० दिनको अवधिमा हेर्न सकिन्छ । मौरीलाई चरा, अरिङगाल, खुदेकिराजस्ता जिवहरुबाट विषेश जोगाउनुपर्ने अर्यालले बताउनुभयो । 
नेपाल मौरीपालक महासंघ स्याङजाका अनुसार जिल्लामा ७५ जना व्यवसायिक रुपमा मौरी पालन गर्ने गरेका छन् । मौरी पालन समुद्री सतहदेखि ३ हजार २ सयको उचाईमा गर्न सकिन्छ । मौरीपालक महाँसंघले जिल्लाका मौरी पालक किसान, सरोकारवालाहरुको  लागी विभिन्न सेमिनार, गोष्ठी तथा तालिम समेत प्रदान गर्दै आएको समेत उहाँले बताउनुभयो । जिल्ला कृषि बिकास कार्यालय स्याङजाले युवा लक्षित कार्यक्रम मार्फत अनुदान समेत उप्लध गराउँदै आएको छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...