अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

काव्य गोष्ठी, भेषजविनदु साहित्यीक पुरस्कार एवं कृति विमोचन

वालिङ, १९ अशोज ।
भेषजराज साहित्य प्रतिष्ठानको तेस्रो अधिवेशनको सन्र्दभमा नेपाल प्रज्ञा प्रतिष्ठानसंगको सहकार्यमा काव्य एवं मातृभाषा मगर र उर्दु संग सम्बन्धीत गोष्ठी, भेषजविन्दु साहित्यीक पुरस्कार २०७४ सर्मपण तथा स्रष्ठा सम्मान र भरपाई हास्यव्यङग्य कृति विमोचन कार्यक्रम आज वालिङ बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै साहित्यकार पीताम्बर शर्मानेपालीले साहित्य विसुद्ध समाजको ऐना रहेको र समाजमा रहेका विभिन्न सकरात्मक एवं नकरात्मक पक्षलाई साहित्यले जस्ताको तस्तै प्रस्तुत गर्ने माध्यम रहेको बताउनुभयो । कार्यक्रममा साहित्यकार देविप्रसाद वनबासी, पुर्वमन्त्री एवं साहित्यकार त्रिलोचन ढकाल, साहित्यकार भुवनहरि सिग्देल र माधव वियोगिलगायतले साहित्यका विषयमा चर्चा गर्नुभएको थियो । 
कार्यक्रममा साहित्यकार गायत्री लम्सालद्धारा लिखित हास्यव्यङग्य संग्रह भरपाईको समेत विमोचन गरीएको छ । भरपाईको साहित्यकार मिलन समिरले समिक्षा गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार केदारशर्मा ढकाललाई भेषजविन्दु साहित्यिक पुरस्कारबाट सम्मान समेत गरिएको छ । पुरस्कृति एवं सम्मानित व्यक्तित्वको बारेमा प्रमेराज लुँईटेलले प्रकाश पार्नुभएको थियो । 
कार्यक्रममा सोधसम्मान साहित्यकारहरु श्यामप्रसाद ढुंगाना, गिता न्यौपाने, मेघराज सापकोटालाई गरिएको छ । कार्यक्रममा जिल्लामा मगर तथा मुसलमान समुदायको एक दृष्टि विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो भने कार्यपत्रमाथि लोकबहादुर थापा र गुमानसिंह रानाले टिप्पणी गर्नुभएको थियो । 
कार्यक्रममा साहित्यकारहर लेखनाथ काफ्ले, चिन्तु गिरी, सुर्य डुम्रे, नारायण परिश्रमी, छविलाल आचार्य, बेदप्रसाद लुँईटेल, अग्निकुमार पल्लब, अनन्त अर्याल, लक्ष्मी काफ्ले, टिकराज गुरुङलगायतले रचना बाचन गर्नुभएको थियो । भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत दिनेश अर्याल र सञ्चालन श्याम ढुङगानाले गर्नुभएको थियो । कार्यक्रममा पोखरा, गोरखा, पाल्पाका समेत साहित्यकारहरुको सहभागिता रहेको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...