अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

प्रथम खुल्ला लोकभजन प्रतियोगिता

वालिङ, १९ अशोज ।
श्रवणकुमार प्रतिष्ठान नेपालको आयोजना तथा वालिङ नगरकार्यपालिकाको सहयोगमा आज वालिङ खेलमैदानमा प्रथम खुल्ला लोकभजन चुट्का प्रतियोगिता अहिले जारी रहेको छ । प्रतियोगिताको उद्दघाटन गर्दै जिल्ला न्यायधिस रमेशकान्त अधिकारीले भजन चुट्का हाम्रो मौलिक लोक कला भएकाले यसको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । 
कार्यक्रममा नेपाली लोकबाजा संग्राहालयका संस्थापक रामप्रसाद कंडेल, चैतन्यकृष्ण महाराज, ओमशान्तीकी कविता नेपालीलगायतले हाम्रो मौलिक  लोक संस्कार संस्कृतिको जर्गेना गर्नुपर्ने बताउनुभयो । 
प्रतियोगितामा जुनेली भजनकृतन समुह कालिकाकोट प्रथम, विश्वहिन्दु महासंघ पोखरा द्धितिय, शिवपार्वती मन्दिर समुह पाठेखोला तृतिय र वालिङ १४ को समुह सान्वना भएका छन् । विजेता तथा उपविजेजता समुहहरुले क्रमशः २० हजार १५ हजार, १० हजार र र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा तुल्सीप्रभास, पण्डित बन्दुराज खनाल र श्रृषिराम सापकोटाले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । 
कार्यक्रमका संयोजक सिताराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सेसनकोे सञ्चालन तुल्सीप्रभास, प्रजापति पराजुली र चुत्रबहादुर महतले गर्नुभएको थियो ।
प्रतियोगितामा स्याङजासहित कास्की र पर्वतका गरी १४ समुहको सहभागिता रहेको छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...