अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

गल्याङ प्रहरीद्धारा चेकजाँचमा कडाई

वालिङ, १९ अशोज ।
 
चाडपर्वलाई लक्षित गरि गल्याङ प्रहरी चौकीले चेकजाँचलाई तीव्रता दिएको छ । गल्याङ क्षेत्रका विभिन्न ठाउँहरुमा गस्ती परिचालन गरि चेकजाँचलाई तीव्रता दिएको हो । यस्तै ट्राफिक नियमको पालना नगर्ने विभिन्न सवारी साधनहरु कारवाहीमा परेका छन् ।
 
गल्याङ प्रहरी चौकीले घटस्थापना देखि बुधबार सम्म ४८ सवारी साधनहरुलाई कारवाही गरि ३३ हजार ५०० सय राजस्व संकलन गरेको गल्याङ ट्राफिक प्रमुख विर बहादुर अछामीले जानकारी दिनुभयो ।
 
बुधबार मात्र १४ सवारी साधनलाई कारवाही गरि ९ हजार राजस्व संकलन गरिएको उहाँले बताउनुभयो । कारवाही पर्नेमा अत्यधिक बस र जीप रहेको छ । जीपमा क्षमता भन्दा बढि यात्रु राख्ने, बसले पनि अत्यधिक यात्रुहरु राख्ने, ट्राफिक नियमको पालना नगर्नेलाई सवारी साधनलाई कारवाही गरिएको अछामीले बताउनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...