अहिले तरंगमा

Sathisang Manka Kura

केहि छिनमा

Nepal Khabar

समाचार

दुध बिक्रीबाट मासिक दुई लाख बढी आम्दानी

वालिङ, २१ अशोज ।
यहाँका एक युवाले दुध बिक्रीबाट मासिक दुई लाख बढी आम्दानी गर्दै
आउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ८ कटौंजेमा ‘बगाले
भैंसीपालन फर्म’ दर्ता गरी झण्डै २ वर्षअघिदेखि ब्यवसाय सञ्चालन गर्नुभएका
चोलाकान्त बगालेले भैंसीको दुध बिक्रीबाट मासिक दुई लाख २५ हजार आम्दानी
गर्दै आउनुभएको छ । 
“पाँच वर्ष विदेशी भूमिमा पसिना बगाएर स्वदेश फर्केर ब्यवसायिक भंैसीपालन
ब्यवसाय सञ्चालन गरेको हुँ” युवा ब्यवसायी बगालेले भन्नुभयो, “हाल फर्ममा
१० वटा माउ मुर्रा भैंसी रहेका छन् जसबाट दैनिक ७५ लिटर दुध बिक्री गर्दै
आएको छु ।” वालिङ बजार नजिकै फर्म रहेकाले पनि फर्ममा उत्पादन भएको दुध वालिङ बजारमै खपत हुने गरेको युवा ब्यवसायी बगालेले बताउनुभयो ।
“झण्डै ५ लाखको लागतमा भकारो निर्माण र करिब १० लाखको लागतमा भैंसी
खरिद गरी यो ब्यवसाय अघि बढाएको हुँ” युवा ब्यवसायी बगालेले भन्नुभयो,
“हाल मासिक २ लाख २५ हजार आम्दानी हुँदै आएको छ भने खर्च कटाएर मासिक १ लाख ३० हजार बचत हुने गरेको छ ।”
विदेशमा अर्काको आदेशमा चल्नुभन्दा आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने
लागेर भैंसीपालन ब्यावसाय सञ्चालन गरेको बगाले बताउनुहुन्छ । आँफुसहित श्रीमति र दुई छोराको सहायताले ब्यवसाय सञ्चालन गर्नुभएका बगाले
यो पेशाबाट पूर्णरुपमा सन्तुष्ट रहेको बताउनुहुन्छ । 
गोठमा रहेका १० वट भैंसीको पशुबीमा गरिएको छ भने भैंसीलाई आवश्यक पर्ने घाँसकालागि एक रोपनी जग्गामा जै घाँस लगाउनुभएको छ । पशुपालन ब्यवसाय सञ्चालन गरेपछि जिल्ला पशु सेवा कार्यालय स्याङ्जाबाट बगालेले भकारो सुधार कार्यक्रम अन्र्तगत २ लाख अनुदानसमेत प्राप्त गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...