अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

वृद्ध सम्मान कार्यक्रम सम्पन्न

वालिङ, २१ अशोज ।
वालिङ नगरपालिका ५ जगत भञ्ज्याङ् स्याङ्जामा वृद्ध सम्मान कार्यक्रम सम्पन्न भएको छ । साविक जगतभञ्ज्याङ गाविस हालको वडा कार्यालयले एक कार्यक्रमका विच वडाका १६ जना वृद्धहरुलाई सम्मान गरेको हो । 
 
वालिङ् नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ढाकाराम पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा वडाका ८३ वर्ष भन्दा माथिका १६ जना वृद्धहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । 
कार्यक्रममा नेपाली कांग्रेस वालिङ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नरप्रसाद रेग्मी, नेकपा एमालेका वडाध्यक्ष धनुषचन्द्र खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टिका वडा अध्यक्ष टेकबहादुर गुरुङले बोल्दै वृद्धहरु अनुभवको खानी भएकाले उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग भएका अनुभवहरुलाई ग्रहण गर्नु आवश्यक रहेको बताउनु भयो । वालिङ नगरपालिकाका कार्यपालिका सदस्य जमुना खड्काको स्वागतबाट सुरु भएको कार्यक्रमको संञ्चालन वडा सचिव ओमबहादुर थापाले गर्नुभएको तिलक गुरुङले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...