अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

हराभरा कृषि सहकारी संंस्था लिमिटेडको नवौं वार्षिक साधारण

वालिङ, २१ अशोज ।
आँधीखोला गाउपालिका ५ रंगेठाटी स्थितसभाले ख्यामनारायण पनेरुको अध्यक्षतामा ९ सदस्यीय कार्य समीति चयन गरेको छ । समितिको उपाध्यक्षमा इन्द्रकला पौडेल, सचिवमा अमृता पनेरु, कोषाध्यक्षमा रमाकान्त पौडेल रहनु भएको छ ।   सदस्यहरुमा डिल्लीरमण पौडेल, हुमनाथ तिमिल्सिना, देवी उपाध्याय, कुलप्रसाद पोख्रेल रहनुभएको हो । साधारणसभाले लेखा उपसमिति संयोजकमा मन्जु पनेरु र कर्जा उपसमिति संयोजकमा ख्यामनारायण ढकाल, सल्लाहकार संयोजकमा वेदप्रसाद पनेरु र वरिष्ठ सल्लाहकारमा कुलानन्द शर्मालाई चयन गरिएको छ । 
जिल्ला समन्वय समितिका सदस्य सिता थापाले उदघाटन गर्नुभएको थियो भने आँधिखोला गाँउपालिका ५ का वडा अध्यक्ष कृष्ण प्रसाद पनेरु, कुलानन्द शर्मा, शिवप्रसाद पोख्रेल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको  थियो । संस्थाका अध्यक्ष वेद प्रसाद पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव मञ्जु पनेरुले गर्नुभएको थियो । 
 

 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...