अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

दोस्रो सिर्सेकोट कोखे महोत्सव २०७४ सकियो

वालिङ, २२ अशोज । 
स्याङ्जाको वालिङ १२ सिर्सेकोट कोखेमा सञ्चालित दोस्रो कोखे महोत्सव सम्पन्न भएको छ ।  ‘ग्रामीण पर्यटनको विकास राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ स्थानीय नवज्योति जनसेवा युवाक्लबले आयोजना गरेको महोत्सवको समापन गर्दैै वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खांँणले राजनीतिभन्दा माथि उठेर विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । 
 
प्रमुख खाँणले निर्वाचनका बेला कुनै न कुनै दलमा आबद्ध भएपनि अब विकासका बेला सबै एकठाउँमा उभिएर राजनीतिक स्वार्थभन्दा माथि उठ्न सकेमात्रै विकास सम्भव रहेको बताउनुभएको छ । 
६ दिनसम्म सञ्चालन भएको महोत्सवले यस क्षेत्रमा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटनमा फाईदा पुग्नुकासाथै यहाँको कला, संस्कृति तथा आर्थिक विकासमा पनि सहयोगी भएको बताउनुभयो । 
 
महोत्सवमा स्थानीय कृषिजन्य वस्तुको प्रदर्शनी, भलिबलसहित विविध खेलकुद प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, सामूहिक नृत्य, सोरठी, घाटु नाँच रहेको थियो ।
 
त्यस्तै  महोत्सवको मुख्य आकर्षणमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि झरना युवाक्बल उराम पर्वतले हात पारेको छ । पर्वतले सम्झना युवाक्लब मनकामनालाई पराजित पार्दै उपाधि चुमेको हो । पराजयसंँगै मनकामना द्धितिय र चक्रदेवि युवाक्बल डाँडाखर्र्क तृतिय, मिसन थ्रिटार काउले सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका समूहले क्रमशः ७४ हजार, ४४ हजार, २४ हजार र १४ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
 
त्यस्तै भेट्रान्सतर्फ फुलबारी युवाक्लब सिर्सेकोटले प्रथम स्थान हाँसिल गर्दै नगद १५ हजार, र अकलादेवि घुरुङखाले द्धितिय स्थान हात पार्दै ७ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महोत्सव मुल आयोजक समितिका संयोजक गुप्तबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ध्वजकुमार गुरुङले गर्नुभएको थियो । 
कार्यक्रममा विशेषगरी गुरुङ समुदायमा प्रचलित रहेका विभिन्न नृत्यहरु, राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मनोरञ्जन गराएका थिए ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...