अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

नेपाल शिक्षक संघको आँधीखोला गाउँपालिका र फेँदिखोला गाउँपालिकामा समिति गठन

वालिङ, २२ अशोज । 
नेपाल शिक्षक संघको आँधीखोला गाउँपालिका र फेँदिखोला गाउँपालिकाको प्रथम अधिवेसन हिजो सम्पन्न भएको छ । अधिवेसनको उदघाटन गर्दै नेपाल शिक्षक संघका जिल्ला सभापति लक्ष्मीप्रसाद रेग्मीले शिक्षक संगठनलाई वर्तमान परिर्वर्तित संघिय संरचनाअनुसार सशक्त बनाउनुपर्ने भन्दै लोकतान्त्रिक संस्थागत र शैक्षिक गुणस्तरको लागी टेवा पु¥याउनुपर्ने बताउनुभयो । आँधीखोला गाउँपालिकामा दिपक सापकोटाको अध्यक्षतामा १३ सदस्यीय स्थानीय शिक्षक संघको गठन गरिएको छ । 
समितिको उपाध्यक्षमा तुल्सी सापकोटा, खेमानन्द ढकाल, सचिवहरुमा रमेश ढकाल, अर्थसचिवमा खेमनारायण लामिछाने, सहसचिवमा महेशराज ढकाल, जमुना ढकाल, अर्थसहसचिवमा नर्मदा ढकाल रहनुभएको छ भने सदस्यहरुमा कुलप्रसाद अधिकारी, रामकृष्ण सापकोटा, गोमा क्षेत्रि, हरिनारायण लामिछाने, ढालीराम ढकाल रहनुभएको छ । 
जनप्रदिप माविका प्रध्यानाध्यापक तोलाराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पशुपति पौडेलले गर्नुभएको थियो । 
उता फेदिखोला गाउँपालिकामा गंगाप्रसाद गौतमको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्षमा शोभाकुमारी थापा, हेमराज सुवेदी, सचिवमा युवराज ढकाल, अर्थसचिवमा रामप्रसाद शर्मा, सहसचिवमा राजु खत्रि, राधिका पौडेल, दुर्गा खत्रि रहनुभएको छ भने सदस्यहरुमा देवि रेग्मी, दिपक रानाभाट, ठगबहादुर गुरुङ, कुम्भसिंह गुरुङ र गणेश रिजाल रहनुभएको छ । महेन्द्र आर्दश माविका प्रअ अग्निप्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...