अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

बयरघारीमा शुभकामना आदानप्रदान

वालिङ, २२ अशोज । 
नेपाल भूपु सैनिक संघ जिल्ला कार्यसमिति स्याङजाले विजयादशमी, दिपावली, छठ र नेपाल संवतको अवशरमा हिजो बयरघारीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संघका पुर्व जिल्ला अध्यक्ष हरिषचन्द्र सेनले भुपूसैनिकहरुको समग्र हकहितको लागी संघले हरसंभव प्रयास गर्ने बताउनुभयो । 
कार्यक्रममा क्या. खड्कबहादुर शाही, ल्या. यामबहादुर गुरुङ, सुब्दार सेरबहादुर क्षेत्रि, क्या.लालबहादुर गुरुङ, क्या. चौबहादुर गुरुङ, क्या. केशर खड्का, सुब्दार कृष्णबहादुर थापा, हबल्दार पुर्णबहादुर अधिकारी, क्या. धनबहादुर गुरुङ, सुब्दार मेजर जिवलाल शर्मा, ल्या. चेतबहादुर क्षेत्रि, इन्द्रबहादुर मास्की रानालगायतले बोल्नुभएको थियो । 
संघका जिल्ला अध्यक्ष नायक सुबेदार क्षेत्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुब्दार मेजर किसनबहादुर प्रधानको स्वागत  र सचिव नायक सुब्दार सोमबहादुर गुरुङले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...