अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

गाउँ बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाको आठौ बाािर्षक साधारणसभा

वालिङ, २२ अशोज । 
पुतलिबजार नगरपालिका ११ मा रहेको गाउँ बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाको आठौ बाािर्षक साधारणसभा सम्पन्न भएको छ । बगालथोकमा भएको कार्यक्रममा निमित्त सहकारी अधिकृत बिष्णु प्रसाद ढकालले सहकारी ऐनको
प्राबधान अनुसार सहकारी संस्था संचालन गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष भवानी प्रसाद लामिछाने, नगर कार्यसमिति सदस्य बाबुकाजी जिटी, महेन्द्र देबबाणी आधारभुत बिद्यालयका प्रधानाध्यापक याम बहादुर केसी, नगर समिति सदस्य मनोज पौडेल, सहकारी ऋण समिति संयोजक दिप नारायण अर्याल लगायलते मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा सहकारीका अध्यक्ष डबल प्रसाद पौडेलले बार्षिक तथा शिक्षा उपसमिति संयोजक भुमिजंग केसीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै लेखा परिक्षण प्रतिबेदन लेखा समिति संदस्य ख्यााम नारायण लामिछानेले गर्नु भएको थियो । 
छ सय ५ सदस्य रहेको सहकारीको चुक्ता पुजि ८२ लाख ६५ हजार रहेको छ । सहकारीले आर्थिक बर्ष ०७३÷७४ मा २ करोड ९२ लाख ५७ निक्षेप संकलन, ३ करोड ४२ लगानी गर्दै २ लाख १४ हजार २ सय १ रुपैया मुनाफा गरेको हो । 
साधारणसभा जेष्ठ नागरिक कृष्ण कुमारी पौडेल र कर्जा सेवा ग्राही बुद्ध बहादुर पराजुली, नियमित असल बचत कर्ता पुतलिदेबी अर्याल, एसईइमा सामुदायिक बिद्यालयबाट उत्कृष्ट अंक प्राप्त गर्ने छात्र ह्दयस सापकोटा र छात्रा सुजाता पौडेल र लिला मायाँ गैह्ेल सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष डबल प्रसाद पौडेलको अध्यक्षताम सम्पन्न कार्यक्रमको संचालन सचिब डासिनारायण पौडेलले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...