अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

गल्याङमा नेपाल महिला संघ तदर्थ समिती

वालिङ, २२ अशोज । 
नेपाल महिला संघ क्षेत्र नम्बर तीन द्धारा नेपाल महिला संघ गल्याङ नगरपालिका तदर्थ समिती गल्याङमा गठन गरिएको छ । साथै शुभदिपावली र छठको अवसरमा शुभकामना आदन प्रदान गरिएको छ ।
 
कार्यक्रममा नेपाली कंग्रेस महाधिवेसन प्रतिनिधि गुरुप्रसाद भट्टराईले नेपालीले अहिले जुन जुन अधिकार प्राप्त गरेका छन् त्यो अधिकार नेपाली कंग्रेसले प्रदान गरेको दाबी गर्नुभयो ।
 
कार्यक्रममा नेपाली कंग्रेसका पुर्व जिल्ला सचिव लक्ष्मण भट्टराई, नेपाल महिला संघ क्षेत्र नम्बर तीनका सचिव हेमा न्यौपाने, नेपाल तरुणदल जिल्ला सभापति भागवत प्रकाश मल्ल, नेपाली कंग्रेस क्षेत्रिय सचिव महेश भट्टराई, कालीगण्डकी यातायात व्यवसायी समितकिा अध्यक्ष सुर्य प्रसाद चापागाई, नेपाली कंग्रेस पुर्व महाधिवेसन प्रतिनिधि खगीसरा भण्डारी, नेपाली कंग्रेस क्षेत्रिय सदस्य बोला पाठक, नेपाल तरुणदल गल्याङ संयोजक कृष्ण भट्टराई लगायतले बोलेका थिए ।
 
कार्यक्रममा सरस्वती भट्टराईको अध्यक्षतामा नेपाल महिला संघ गल्याङ नगरपालिका तदर्थ समिती गठन गरिएको छ । उपाध्यक्षमा कृष्ण कुमारी, राधा चापागाई, सचिवमा अस्मिता अधिकारी, सिता शाह, सह सचिवमा सावित्रा ढकाल र कोषाध्यषमा तीर्थ थापा चयन हुनुभएको छ ।
 
साथै गल्याङ नगरपालिकाका ११ वटै वडाबाट ३ जनाका दरले सदस्यमा मनोयन गरिएको छ । नेपाल महिला संघ क्षेत्र नम्बर तीनकी अध्यक्ष गायत्री आर्चायको सभापतित्मा भएको कायृक्रमको सञ्चालन सचिव सिता डुम्रेले गर्नुभएको थियो 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...