अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

शुभकामना आदन प्रदान कार्यक्रम

वालिङ, २२ अशोज ।
नेपाली काग्रेस पुतलिबजार नगरपालिका १३ ले बिजया दशमी, दिपावली तथा छठको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा सांसद राजुले थापाले कार्यकर्ता एक जुट भई लोकतान्त्रका लागि अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले आसन्न केन्द्र र प्रदेशको निर्वाचनमा ससक्त ढंगले लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । 
कार्यक्रममा पुर्व सभापती शिब कुमार अधिकारी, तरुण दल क्षेत्रिय अध्यक्ष कुम बहादुर गुरुङ्, महासमिति सदस्य गोबिन्द बहादुर रानाभाट, पुर्व क्षेत्रिय सभापती सुरज कुमार अधिकारी, जिल्ल सदस्य तारा मल्ल, शिक्षक संघका सदस्य बेद प्रसाद बस्याल, किसान संघका चुडामणी सुबेदी, महिला संघका खिना शर्मा अर्याल, इन्द्रलाल हमाल, शैलेन्द्र सापकोटा, जय प्रसाद गौतम लगायतले मन्तब्य राख्नु भएको थियो ।  
वडा संयोजक हर्क बहादुर शारुको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वडा सचिब दुर्गा प्रसाद गौतमले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...