अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

नेपाल तरुण दलद्धारा शुभकामना आदानप्रदान

वालिङ, २३ अशोज ।
नेपाल तरुण दल गल्याङ नगर तदर्थ समितीको प्रथम भेला तथा दिपावली तथा छठ पर्वकोे शुभकामना आदानप्रदान कार्यक्रम गल्याङमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सचिव तथा तरुण दल क्षेत्रीय सभापति महेश भट्टराईले लोकतान्त्रिक पद्धतिवाट चुनिएका व्यक्तिले मात्रै देश सम्मृद्ध वनाउन सक्ने भन्दै मङ्सिरमा हुने प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसले जिते मात्रै देशले विकासको गति लिने वताउनुभयो । 
 
गल्याङ नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष समेत रहनुभएका भट्टराईले आउने चुनावमा स्याङ्जामा नेपाली काँग्रेसको जीत सुनिश्चित भएको भन्दै तरुण दलका युवाहरुले यो सम्भव भएको वताउनुभयो । यस्तै कार्यक्रममा नेपाल तरुण दलका जिल्ला सचिव चन्द्र रानाले अव तरुण दलको सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्नुपर्ने वेला आएको भन्दै आजैवाट लागि पर्न आग्रह गर्नुभयो । 
 
यस्तै कार्यक्रमका अध्यक्ष तथा गल्याङ नगर समितिका संयोजक कृष्ण भट्टराईले अवको मुख्य काम प्रदेश र संघको चुनावका केन्द्रित हुने वताउनुभयो । कार्यक्रममा नेपाल तरुण दल जिल्ला सदस्य वेदप्रसाद न्यौपाने, नेविसंघ गल्याङ वहुमुखी क्याम्पस सभापति विष्णु अधिकारी, नेपाल तरुण दल गल्याङ नगर उपसंयोजक कमल गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । नगर संयोजक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजन भट्टराईले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...