अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

चण्डीकालिका सहकारी संस्था लिमिटेडको ११ औं साधारणसभा

वालिङ, २३ अशोज ।
पुतलीबजार नगरपालिका १४ स्थित चण्डीकालिका कफी फलफूल तथा तरकारी सहकारी संस्था लिमिटेडको ११ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दे कृषिप्रसार अधिकृत ख्यामनारायण चापागाईले अर्गा्निक फलफूल तथा तरकारी खेती गरेर किसानहरु आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष शेषराज ढकाल, जनसहयोगी सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद ढकाल, सल्लाहकार संयोजक यामबहादुर क्षेत्री, सहसचिव टिकाराम ढकाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सहकारीका अध्यक्ष इश्वरीप्रसाद ढकाल, सचिव छवीलाल आचार्य, कोषाध्यक्ष बोधराज ढकाल र लेखा समिति संयोजक रमण ढकालले आ आफना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीका अध्यक्ष इश्वरीप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ज्ञानेन्द्र ढकालले स्वागत एवं सविच छवीलाल आचार्यले संचालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...