अहिले तरंगमा

bhajan

केहि छिनमा

Prabhat Bani

समाचार

सरकारले व्यवसायीको सुरक्षा दिन सकेन

वालिङ, २५ अशोज ।
देशको राजधानीमै व्यवसायीको सुरक्षा दिन नसक्ने सरकारले मोफसलका व्यवसायीको सुरक्षा दिन नसक्ने निश्कर्ष निकाल्दै व्यवसायीले तत्काल दोषीको खोजी गरि कडा कारबाही गर्न माग गरेका छन् । 
 
सुरक्षाको प्रत्याभूति दिनपनि नसक्ने र दोषीको खोजीमा ढिला गर्ने गृहमन्त्रीको व्यवसायीले कडा बिरोध गरेका छन् । व्यवसायी आन्दोलित भएपछि जिल्लाका ९७ वटै वडाहरुमा सञ्चालनमा रहेका साना ठूला योजनाका कामहरु ठप्प भएका छन् । 
 
दोषीको तत्काल खोजी गरी कडा कारबाही र सुरक्षाको ग्यारेन्टी नभएसम्म सरकारले आव्हान गर्ने ठेक्का प्रक्रियामा समेत समाबेश नहुन निर्माण व्यवसायी संघ स्याङ्जाले व्यवसायीलाई आग्रह गरेको छ । 
 
व्यवसायीका मुख्य नेता नै असुरक्षित हुने मुलुकका गृहमन्त्री पदमा बसिरहनु अशोभनिय कार्य भएको बताउदै संघ स्याङ्जाका वरिष्ठ उपाध्यक्ष प्रकाश मल्लले गौचनको हत्या हुनु अगाडि प्रहरीले काठमाडौंको म्हैपीबाट सोमबार दिउँसो पेस्तोल सहित पक्राउ तीनजनालाई गृहमन्त्रीले गौचन हत्यामा संलग्न पक्राउ परेका छन् भनेर बयान दिएर पदमा बस्नु लाचार भएको बताउनुभयो ।     
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...