अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

विश्व मानसिक स्वास्थ्य दिवस स्याङजामा पनि मनाईयो

वालिङ, २५ अशोज ।
विश्व मानसिक स्वास्थ्य दिवस स्याङजामा पनि मनाईएको छ । पुतलीबजार नगरपालिका वडा नं. १ र कोपिला नेपालको संयुक्त आयोजनामा मंगलबार २५ औं विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । पुतलीबजार नगरपालिकामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख महेश पुरीले स्वस्थ मस्तिष्कले मात्र राम्रो काम गर्न सक्ने हुँदा मानवको सबैभन्दा महत्वपूर्ण अंग मस्तिष्कलाई स्वस्थ्य राख्नुपर्ने बताउनुभयो । 
 
स्वस्थ मानसिकता बिनाको कुनैपनि योजना सफल नहुने बताउदै उपप्रमुख पुरीले गर्भावस्थादेखि नै स्वस्थ्य बिचार, आहार र ब्यहार गर्नुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रममा जनस्वास्थ्य अधिकृत रामचन्द्र अर्याल, महिला तथा बालबालिका कार्यालयका प्रमुख चन्द्रकुमारी ब्यञ्जनकार, प्रहरी निरीक्षक बालबन्धु बस्नेत, प्रगतिनगर टोल विकास संस्थाका अध्यक्ष यज्ञप्रसाद पौडेल लगायतले आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । 
 
वडा नं. १ का अध्यक्ष निर्मलकुमार शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोपिला नेपालका कार्यक्रम संयोजक हरि थापाले स्वागत एवं सचिव बिष्णुकुमारी ढकालले सञ्चालन गर्नुभएको थियो ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...