अहिले तरंगमा

bhajan

केहि छिनमा

Prabhat Bani

समाचार

वालिङ ३ पूर्ण खोप वडा घोषणा

वालिङ, २५ अशोज ।
वालिङ नगरपालिका ३ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । वडाका बालबालिकाहरु विभिन्न किसिमबाट खोपहरुको पूर्ण पहुँचमा रहेकाले वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । 
 
पूर्ण खोप सुनिश्चित कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर अमृत श्रेष्ठले वडा पूर्ण खोप सुनिश्चित मापदण्डमा पास भएकाले वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएकाले घोषणा पक्ष र कार्यान्वयन पक्ष निकै महत्वपूर्ण रहेकाले यसमा सबैको ध्यान जानुपर्ने बताउनुभयो । वडामा ९७ प्रतिशत बालबालिकाले सम्पूर्ण खोपको पूर्ण लिएका छन् । 
 
कार्यक्रममा माझकोट स्वास्थय चौकी ईन्चार्ज राजेश शर्मा, माझकोट माविका प्रध्यानाध्यापक पे्रम काफ्ले, रोटरी क्लब अफ हिमालयन गोर्खाका कार्यबहाक अध्यक्ष श्रीप्रसाद गुरुङ र सत्तबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । वडा अध्यक्ष शुकराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक डिवी गुरुङले गर्नुभएको थियो । 
 
यसैबीच सामाजिक सेवामा सक्रिय रोटरी क्लब अफ हिमालयन गोर्खाद्वारा निर्मित ५ कोठे पक्की शौचालय र पिउने पानीको धारो सोही कार्यक्रममा विद्यालयलाई हस्तान्तरण गरिएको छ । रोटरीद्वारा माझकोट माविका विद्यार्थीहरुको सहजताको लागि छात्रछात्राको लागि छुट्टछुट्टै शौचालय र पिउने पानीको धारो निर्माण गरिएको थियो । 
 
क्लबले कुल ७ लाखको लागतमा उक्त भवनहरु निर्माण सम्पन्न गरेको विद्यालयले जनाएको छ । क्लबको सहयोग विद्यालयको लागि निकै सवल पक्ष भएकाले यसबाट विद्यार्थीहरुमा थप अध्ययनमा सहजता प्रदान गर्ने भन्दै विद्यालयका अध्यक्ष शुकराज गुरुङले क्लबप्रति आभार व्यक्त गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...