अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

स्याङजा सहयोग समाजको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन वालिङमा, अध्यक्षमा पुनः रोका

news

वालिङ, २७ अशोज । 
समृद्ध स्याङ्जाको लागी विश्व अभियान भन्ने नाराका साथ स्याङजा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबार वालिङमा सम्पन्न भएको छ । 
 
सम्मेलनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङजाका प्रमुख सिता सुन्दासले स्याङजामा जन्मिएका तर रोजगारी, अध्ययन, व्यापार व्यवसायले देशभन्दा बाहिर विभिन्न देशमा रहेका नेपालीहरुलाई एकीकृत गरी उनीहरुको हकअधिकार सुनिश्चिताको लागि स्याङजा सहयोग समाजले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै समाजको प्रशंसा गर्नुभयो । 
 
साथै उहाँले देशबाहिर रहनुभएको नेपालीहरुको हकहित, सुरक्षा र रोजगारीको लागि सरकारलाई खवरदारी गर्ने भूमिका समेत समाजले खेल्नुपर्ने भन्दै समाजका योजनाहरुको अध्ययन गरी जिल्ला समन्वय समितिले गर्नुपर्ने सहयोग गर्न समेत तयार रहेको उहाँले बताउनुभयो । 
 
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खांँण, पुतलीबजार नगरपालिका प्रमुख सिमा क्षेत्री, फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, चापाकोट नगरपालिकाका उपप्रमुख बिमला श्रेष्ठ, वालिङ क्याम्पस सञ्चालक समिति अध्यक्ष मोहन रेग्मी, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, 
 
एनआरएनए कतारका आरके शर्मा, एनआरएनए अमेरिकाका लोक तिवारी, स्याङजा समाज यूएईका निवर्तमान उपाध्यक्ष सुदिप कार्की, साउदी अरब एसिसीका सदस्य याश्मिन बेगम, स्याङजा समाज कतारका पूर्व उपाध्यक्ष राजेशदर्शन अर्याल, स्याङ्जा समाज कतारका बरिष्ठ उपाध्यक्ष घनश्याम अर्याल, स्याङ्जा समाज यूएईका खगेन्द्र गैह्रे, स्याङजा समाज जापानका पूर्व अध्यक्ष जीवन न्यौपाने, स्याङ्जा समाज दक्षिण कोरियाका राजेश पाण्डेलगायतले दोस्रो सम्मेलनले जुझारु नेतृत्व चयन गर्ने भन्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । 
 
कार्यक्रममा राष्ट्रिय कलाकारहरु शर्मिला गुरुङ, घनश्याम रिजाल, राजन कार्की र शिव हमालले आ–आफ्नो प्रस्तु्ति राख्नुभएको थियो । त्यस्तै कार्यक्रममा सहयोग गर्ने विभिन्न सहयोगी दाताहरुलाई सम्मान समेत गरिएको थियो । समाजका अध्यक्ष चन्द्र रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार रामु बस्यालले स्वागत र महासचिव खेमनारायण काफ्लेले सञ्चालन गर्नुभएको थियो । 
 
विभिन्न देशहरुमा सञ्जालहरु रहेका समाजले नेपालमा विभिन्न सहयोग र विदेशी भूमिमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने गरेको छ । यसैबीच सम्मेलनले पुनः चन्द्रबहादुर रोकाको अध्यक्षतामा एक उपाध्यक्ष पछि थप्ने गरी १५ सदस्यीय समिति गठन गरेको छ । 
 
समितिको वरिष्ठ उपाध्यक्षमा कतारबाट पूर्ण केसी, उपाध्यक्षमा जापानबाट जीवन न्यौपाने, महासचिवमा खेमनारायण काफ्ले, सचिवमा हरि लुईटेल, सचिवमा कोरियाबाट विजय थापा, कोषाध्यक्षमा युएईबाट लेखनाथ न्यौपाने, सहकोषाध्यक्षमा प्रकाश श्रेष्ठ  र सदस्यहरुमा बहराईबाट भोजराज गैह्रे, विशाल श्रेष्ठ, मोहननाथ खनाल, मलेसियाबाट टोपेन्द्रबहादुर खड्का, कवेतबाट नेत्र पौडेललाई चयन गरिएको छ ।      
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...