अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

क्षेत्र नं. २ का प्रअहरुको लागी अभिमुखीकरण

वालिङ २७, अशोज । 
जिल्ला शिक्षा कार्यालय स्याङ्जाको आयोजनामा आधारभूत तहका प्रध्यानाध्यापकहरुका लागि वार्षिक कार्यक्रम अभिमुखीकरण तथा साविक क्षेत्र नं. २ का प्रधानाध्यापकहरुको बैठक बिहीबार पूर्णामृत भवानी माविमा सम्पन्न भएको छ । 
आर्थिक वर्ष २०७४÷०७५ मा शिक्षातर्फ जिल्लामा सञ्चालन कार्यक्रम र समग्र जिल्लाको शैक्षिक अवस्थाकोबारेमा जानकारी दिने उद्धेश्यले सञ्चालित कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यले सामुदायिक विद्यालयहरुले समयानुकुल र व्यवहारिक शिक्षण क्रियाकलापमा अगाडि वढ्नुपर्ने बताउनुभयो । 
 
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय स्याङ्जाका साहायक जिल्ला शिक्षा अधिकारी बावुराम सापकोटाले आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा सञ्चालन हुने योजना, यसवर्षको शिक्षातर्फको बजेट, विद्यार्थी शिक्षक र विद्यालयको तथ्याङ्क शैक्षिक अवस्थाकाबारेमा जानकारी दिनुभएको विद्यालयका स्रोतव्यक्ति भरतप्रसाद बगालेले जानकारी दिनुभयोे । 
 
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँंण,  इञ्जिनियर अनुप श्रेष्ठ, नेपाल शिक्षक संघका अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य परशुराम लम्साल, कालिका प्राविका प्रधानाध्यापक सुनिता उच्चैलगायतले बोल्नुभएको थियो । 
 
जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालय निरीक्षक निलकण्ठ ढकालले गर्नुभएको थियो ।     
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...