अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

जनप्रतिनिधिहरुको लागी लघु उद्यम विकास मोडेलको अभिमुखीकरण

वालिङ, २७ अशोज ।
सूर्योदय क्लव स्याङ्जाले हरिनास गाउँपालिकाका जनप्रतिनिधिलाई गरिवी निवारणका लागि लघु उद्यम विकास मोडेलको अभिमुखीकरण गरेको छ । उद्योग विकास शाखा पुतलीबजार र उद्यम विकास कार्यक्रम पोखराको प्राबिधिक तथा आर्थिक सहयोगमा क्लबले कार्यक्रम गरेको हो । 
 
कार्यक्रममा हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले स्थानीय तहमा अति आवश्यक मोडलको सञ्चालनमा गाउँपालिकाले विशेष पहल गर्ने बताउनुभयो । 
 
कार्यक्रममा सूर्योदय क्लवका उपाध्यक्ष बलराम दोरंगा र अर्जुन सुवेदीले लघु उद्यम विकास मोडेलबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सूर्योदय क्लबका उपाध्यक्ष बलराम दोरंगाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अर्जुन सुवेदीले गर्नुभएको थियो 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...