अहिले तरंगमा

केहि छिनमा

समाचार

अमेरिकि राजदुत अलाईनालाई स्याङजामा सम्मान

news

वालिङ २७, अशोज ।
पुतलीबजार नगरपालिकाले हिजो अमेरिकी राजदूत अलाईना बी टेपलेट्सलाई आफनै भवनमा स्वागत एवं सम्मान गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा हिजो आयोजित भवन निर्माण संहिताको प्रयोग सम्बन्धी अन्र्तक्रिया कार्यक्रमका लागि सहभागी हुन आउनु भएका अमेरिकी राजदूत टेपलेट्सले परम्परागत कुल खर्चको १० प्रतिशत मात्र बढी खर्च गरेर भवन निर्माण संहितालाई ध्यान दिन आग्रह गर्नुभयो । 
विपद् प्रतिरोधको क्षेत्रमा काम गर्न आफु र आफनो देश अमेरिका ईच्छुक रहेको बताउदै नेपालका लागि अमेरिकी राजदूत अलाईना बी टेपलेट्सले वि.सं. २०७२ सालमा गएको विनासकारी भूकम्पवाट नेपालका ७७ प्रतिशत घरमा क्षति पुगेको र हजारौं ब्यक्ति मर्नु दुखद रहेको बताउनुभयो । 
कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्री, कार्यकारी अधिकृत झविश्वर रेग्मी, इन्जिनियर अरुण पौडेलले पुतलीबजार नगरपालिकाले भवन निर्माणका लागि कडाईका साथ काम गर्दे आएको र ९६ प्रतिशत सफलता मिलेको बताउनुभयो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...