अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

भिरकोट ७ मा वडास्तरीय भलिबल, आर्थिक समृद्धिको बाटोमा जाऔँः एमाले नेतृ अर्याल

वालिङ, २७ अशोज ।
भीरकोट ७ मा बिहीबार वडास्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम शुरु भएको छ । स्थानीय खिलुङ कालिका युवाक्लबले नेपालीहरुको महान चाड दिपावलीको अवसरमा प्रतियोगिताको आयोजना गरेको हो । 
 
प्रतियोगिताको उद्घाटन गर्दै एमालेका केन्द्रीय कमिटी सदस्य पद्मा अर्यालले पार्टीको आग्रह पूर्वाग्रह त्यागी आर्थिक समृद्धिको बाटोमा  लाग्नुपर्ने अवस्था रहेको बताउँदै खेलकुदको व्यवस्थित विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । 
 
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ, जिल्ला सदस्य दुर्गादत्त भुसाल, जिल्ला सल्लाहकार परिषद सदस्य हर्क गुरुङ, जिल्ला खेलकुद विकास समिति अध्यक्ष मोहन खनाल, अनेरास्ववियूका क्षेत्रीय अध्यक्ष सगुन  रानालगायतले बोल्नुभएको थियो । क्लबका अध्यक्ष पर्वत खाम्चाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन खगेन्द्र केसीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...