अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

नेपाल शिक्षक संघ विरुवा गाउँपालिकाको अध्यक्षमा सामबहादुर

वालिङ २९, अशोज ।
नेपाल शिक्षक संघ विरुवा गाउँपालिकाको प्रथम स्थानीय अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले सामबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित गरेको छ । 
 
जसको महिला उपाध्यक्षमा यामकला शर्मा, उपाध्यक्षमा ओमनाथ शर्मा, सचिवमा उत्तम अधिकारी, अर्थसचिवमा सूर्यप्रसाद शर्मा, सहसचिवमा अर्जुनप्रसाद कोईराला, महिला सहसचिवमा भगवती भण्डारी, अर्थ सहसचिवमा भेषमाया गुरुङ रहनुभएको छ भने सदस्यहरुमा सरस्वती सम्बाहाम्फे राना, बुद्धिमाया गुरुङ, रिता गुरुङ, सन्तोषकुमार गुप्ता, गोविन्द केसीलाई सर्वसम्मतिले निर्वाचित गरेको हो । 
 
शनिबार गठित समितिको सल्लाहकारमा रनबहादुर खड्का रहनुभएको छ । कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले वर्तमान संघीय संरचनामा परिवर्तित गतिशिल र शैक्षिक सुधारको अभियानमा टेवा पु¥याउन सबै शिक्षकहरुलाई अनुरोध गर्नुभयो । 
 
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति तुल्सी रेग्मी, शिक्षक संघका पूर्व जिल्ला सचिव सामबहादुर गुरुङ, महिला संघ सचिव तारा मल्ल, प्रजातान्त्रिक विचार समाजका जिल्ला सचिव ईन्द्रबहादुर गोदार, नेपाली काँग्रेस जिल्ला सदस्य चन्द्रकान्त पोख्रेल, विरुवा गाउँपालिका वडा नं. १ का अध्यक्ष युवराज केसी, तरुण दल क्षेत्रीय अध्यक्ष कुमबहादुर गुरुङ, शिक्षक संघका प्रदेश प्रतिनिधि दिपक रेग्मीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । 
 
ओमनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव पशुपति पौडेलले गर्नुभएको थियो ।  
   
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...