अहिले तरंगमा

केहि छिनमा

Khulduli.com

समाचार

अखिल नेपाल महिला संघ क्रान्तीकारीको भेला पुतलीबजारमा

वालिङ २९, अशोज ।
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको पुतलीबजार नगर स्तरीय भेला शनिबार सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै क्षेत्र नं. १ का अध्यक्ष खिमबहादुर विक हिक्मतले समसामयिक राजनीतिक परिस्थितिको बारेमा प्रशिक्षण दिंदै चुल्हो र चौकामा सीमित दिदी बहिनीलाई १० बर्षे जनयुद्धले चेतना बढाएको बताउनुभयो । 
 
कार्यक्रममा जिल्ला सल्लाहकार संयोजक दुर्गानारायण ढकाल, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य अमृता अर्याल, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष थमनसिंह गुरुङ, सचिवालय सदस्य मनबहादुर थापा, वाइसिएल सचिव सागर थापा, शिक्षक संगठन सचिव शिवप्रसाद ढकाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
सहिद परिवार रेवती गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जीवन थापाले गर्नुभएको थियो । यसैगरी, भेलाले राधिका गोदारको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघ क्रान्तिकारी पुतलीबजार नगर कमिटी गठन गरेको छ । 
यस्तै, पूर्णप्रसाद शर्माको अध्यक्षतामा वाइसिएल र खिमबहादुर रानाको संयोजकत्वमा ९ सदस्यीय अखिल नेपाल खेलकुद महासंघ गठन गरेको छ ।