अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

फोटोग्राफर संघ स्याङ्जाको क्षेत्रीय भेला गल्याङमा

वालिङ २९, अशोज ।
नेपाल फोटोग्राफर संघ स्याङ्जा क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय भेला स्याङ्जाको गल्याङ नगरपालिका ११ खरीपानीमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल फोटोग्राफर संघ जिल्ला कार्य समिति स्याङ्जाका संयोजक प्रकाश पराजुलीले सम्पूर्ण फोटोग्राफरहरु एकहुँदै फोटोग्राफरमा देखिएको वेथितीको अन्त्य गर्नुपर्ने बताउनुभयो । 
 
उहाँले फोटोग्राफरहरु एक हुन सकेमा मात्र जिल्लाको फोटोग्राफरहरुको हक र अधिकार संरक्षण हुने स्पष्ट पार्नुभयो । संयोजक पराजुलीले सोही अवसरमा कार्यपत्र प्रस्तुत गर्दै फोटोग्राफरसंँग सम्वन्धी कार्यको दरभाउ जिल्लामै एउटै बनाउनुपर्ने, सवै फोटोग्राफरहरुको ड्रेसमा एकरुपता हुनुपर्ने लगायतका नीति प्रस्तुत गर्नुभएको थियो । 
 
भेलाले शुभदिपावलीको पावन अवसरका यही कार्तिक एक, दुई र तीन गते जिल्लाका मुख्य वजारहरु वालिङ, गल्याङ, स्याङ्जा लगाएतका क्षेत्रमा देउसी भैलो खेल्ने निर्णय पनि गरेको छ । भेलाले रविन थापा संयोजक रहने गरी क्षेत्रीय उपसमिति गठन गरेको छ । जसको उप–संयोजकमा मिनीराम अधिकारी, सदस्यहरुमा भीम खनाल, युवराज सर्मा, गोपाल पाठक गरी १२ जना रहेका छन् । 
त्यस्तै सोही अवसरमा हिमाल न्यौपाने र प्रकाश अधिकारी सहितको दुई सदस्य जिल्लास्तरीय अनुगमन समिति पनि निर्माण गरिएको छ । नेपाल फोटोग्राफर संघ जिल्ला कार्य समिति स्याङ्जाका संयोजक प्रकाश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कार्य समितिका कोषाध्यक्ष हिमाल न्यौपानेले गर्नुभएको हो । 
सञ्चालन जिल्ला कार्य समितिका सदस्य प्रकाश अधिकारीले गर्नुभएको हो । समितिले गल्याङ, मालुङ्गा, चापाकोट, दामाचौर, मिर्मी, विर्घा लगायतका स्थानहरुमा काम गर्ने संस्थाले जनाएको छ ।  
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...