अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

निर्वाचन तयारी समिति गठन

वालिङ २९, अशोज ।
स्याङ्जाको विरुवा गाउँपालिकामा आगामी संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसले निर्वाचन तयारी समिति गठन गरेको छ ।  निर्वाचनका बेला पार्टीलाई बिजयी बनाउनकालागि विभिन्न तयारी उपसमितिहरु गठन गरिएको छ । 
 
युवराज केसीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, चौबहादुर गुरुङको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति, ध्रुबविक्रम खाँणको संयोजकत्वमा अनुगमन उपसमिति, चन्द्रकान्त पोख्रेलको संयोजकत्वमा मतदाता परिचालन तथा अभिलेख उपसमिति गठन गरिएको छ ।  
 
निर्वाचन तयारी समिति गठन कार्यक्रममा महिला संघ जिल्ला सचिव तारा मल्ल, प्रजातान्त्रिक विचार समाज स्याङ्जाका सचिव ईन्द्रबहादुर गोदार, काँग्रेस नेताहरु चन्द्रकान्त पोख्रेल, ऋषिराम पोख्रेल, देवबहादुर राना, सीता केसीलगायतले आगामी निर्वाचनमा सबै एकबद्ध भई पार्टीलाई बिजयी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
 
काँग्रेस नेता ध्रुबविक्रम खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन युवराज केसीले र स्वागत श्रीकृष्ण बरालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...