अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

नवरत्न बचतको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा मरासिनी

वालिङ २९, अशोज ।
पुतलीबजार नगरपालिका १ स्थित नवरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो अधिवेशनले नारायणप्रसाद मरासिनीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । 
 
समितिको उपाध्यक्षमा मोतीप्रसाद पौडेल, सचिवमा अमृतप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा रामचन्द्र पोख्रेल रहनुभएको छ । सदस्यहरुमा पमनारायण अर्याल, सुन्दरकुमार श्रेष्ठ, गिमबहादुर मल्ल, बिमला शर्मा र कोपिला गिरी निर्वाचित हुनुभएको हो । 
 
अधिबेशनको उदघाटन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. ४ का कोषाध्यष देवेन्द्रकुमार श्रेष्ठले सहकारीले समुदायको तल्लो स्तरसम्म पुगेर उहाहरुका आवश्यकता पहिचान गरी लगानी गरेमा समुदायको जीवनस्तर सुदृढ हुने बताउनुभयो । 
कार्यक्रममा सहकारीका प्रवन्धक अमृतप्रसाद श्रेष्ठले बार्षिक कारोवारका बारेमा जानकारी गराउनुभएको थियो । एसईई र प्लस टु मा उत्कृष्ट अंक ल्याउने सुवि पोखरेल र सुस्मिता गौतमले आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । सहकारीका अध्यक्ष मोतीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य नारायण शर्माले स्वागत एवं प्रवन्धक अमृतप्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । 
 
वि.सं. २०६६ सालमा पुतलीबजार नगरपालिका १ प्रगतिनगरमा स्थापित सो सहकारीले ६ करोड ७८ लाख ५३ हजार बचत र ६ करोड ४५ लाख लगानी गरेको छ भने १ करोड १५ लाख ६० हजार २ सय शेयर पुँजी रहेको छ ।      
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...