अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

यस वर्षको भाइटीका विहान ११ बजेर ५१ मिनेटमा उत्तम

news

वालिङ, ३० अशोज ।
यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक ४ गते शनिबार विहान ११बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय विजय मुहूर्तको साइत दिएको जानकारी दिनुभयो । उहाँका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुने समितिले जनाएको छ ।
 
यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व भोलिदेखि शुरु हुँदैछ । ३१ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार र धन्वन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिनुभयो । 
 
कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...