अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

आँधीखोलामा माछा छोडियो

वालिङ, ३० अशोज ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर तीन तल्लो गल्याङस्थित मत्स्य जैविक विविधता वातावरण संरक्षण कार्यक्रम अन्र्तगत हिजो आँधीखोलामा तीन लाख माछाका भुरा छोडिएको छ । आँधीखोला मत्स्य विकास सहकारी संस्था, मत्स्य कृषि अनुसन्धान परिषद मार्ग र नेपाल विद्युत प्राधिकरणको सहयोगमा तीन लाख भुरा माछा छोडिएको हो । 
 
कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा मगरले वातावरण संरक्षणका लागि सवै पक्षबाट एकजुट हुनुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा मत्स्य विकास केन्द्र वेगनासताल पोखराका वरिष्ठ वैज्ञानिक अग्निप्रसाद नेपाल, नेपाल विद्युत प्राधिकरणका निम्ति राजबहादुर विष्ट, कालीगण्डकी मत्स्य ह्याचरी बेलटारीका प्रमुख बेचनप्रसाद यादव लगायतले वातावरणलाई जोगाउन यस्ता कार्य अपरिहार्य रहेको बताउनुभयो ।
 
आँधीखोला मत्स्य विकास सहकारी संस्थाका उपाध्यक्ष छविलाल भुसालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव मुक्तिश्वर राना मगरले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...