अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

भेटिएको रकम फिर्ता

वालिङ, ३० अशोज ।
अर्जुनचौपारी गाउँपालिकाका लेखापाल प्रेमनारायण अर्यालले बाटोमा फेला पारेको रकम सम्बन्धित ब्यक्तिलाई फिर्ता गर्नुभएको छ । अर्यालले अर्जुनचौपारी २ माटेथरमा दुई लाख ३० हजार फेला पार्नुभएको थियो । 
 
अर्यालले अर्जुनचौपारी १ बजार घर भएका केशब भुसालले बाटोमा खसालेको रकम फिर्ता गर्नुभएको हो । बाटोमा फेला पारेको रकम भुसालको भएको पुष्टि भएपछि प्रहरी, स्थानीयबासीको रोहबरमा अर्यालले फिर्ता गर्नुभएको हो । भुसालले काठमाडौका नरेन्द्र गोपाल श्रेष्ठ र चितवनको दलबहादुर रोकालाई तिर्न आईएमई गर्न लाने क्रममा बाटोमा रकम खसेको थियो ।  
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...