अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

बेलायतमा विदेशी विद्यार्थीको पक्षमा फैसला, हजारौं नेपाली लाभान्वित हुने

news

गतसाता बेलायतको माथिल्लो अध्यागमन अदालतले ऐतिहासिक फैसला गर्‍यो । यस फैसलाले थुनामा राखिएका, देशनिकाला गरिएका तथा पक्राउ पर्ने डरले लुकीछिपी बसेका नेपालीहरुसहित अन्य मुलुकका हजारौं विद्यार्थीले राहत पाउने भएका छन् ।

सन् १९४७ मा स्थापना भएको गैरनाफामूलक अमेरिकन कम्पनी इटीसीले टोइक अंग्रेजी भाषाको परीक्षा लिने गर्दछ । तर, सरकारले टोइकालाई अवैध घोषणा गरेपछि यो परीक्षा दिएको आधारमा ४८ हजार विद्यार्थीको भिसाा रद्द भई देशनिकाला भएका थिए, जसमा हजारौँ नेपालीसमेत रहेको अनुमान छ ।

किन भयो अवैध ?

बीबीसी पानोरमा कार्यक्रमले सन् २०१४ मा टोइक अंग्रेजी भाषाका प्रमाणपत्रहरुको किनबेच तथा परीक्षामा चिट चोराइएका दृश्यहरु टेलिभिजनमा प्रसारण गरेपश्चात हजारौं विदेशी विद्यार्थीहरुको दशाको दिन सुरु भयो । गृह मन्त्रालयलाई विदेशी विद्यार्थीको खेदो गर्ने नयाँ बहाना मिल्यो । टोइकलाई अवैध घोषणा गरी सम्पूर्ण परीक्षार्थीहरुलाई अघोषित रुपमा भाषिक आतंककारी मानियो ।

यो घटनापछि घोषितरुपमा देश निकालाको पूर्जी काटियो । विद्यार्थीका डेराहरुमा छापा मारियो । लगाएका कपडाबाहेक अरु सामान लिन नदिई थुनामा कोचियो अनि दश वर्षसम्म पुनः बेलायत छिर्न नपाउने गरी जहाजमा कोचेर समुन्द्र कटाइयो ।

तर, टोइक परीक्षा दिएका सबै परीक्षार्थीहरुले प्रमाणपत्र किनेका, चिट चोरेका तथा अन्यलाई परीक्षा दिन लगाएर पास गरेका थिएनन् । गृह मन्त्रालयले टोइकलाई सुरक्षित र स्वीकारयोग्य भाषा परीक्षा भनी आफ्नो वेवसाइटमा राखेको थियो । त्यसैका आधारमा धेरैले जाँच दिएका थिए ।